२४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको छ ।
आज देशभर ४१२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३२जनाको पीसीआर परीक्षण भएकोमा ४१२ जनालाई कोरोना पोजेटिभ भएको भएकाे हाे ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २५१ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ लाख ५६ हजार ६४४जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४८३ जनाले कोरोना जिते । आज सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत