स्वास्थ्यमा सरुवा : स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. संजय ठाकुर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पदाधिकारीलाई सरुवा गरेको छ।
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत डा. संजय ठाकुरलाई सरुवा गरेर ल्याएको छ । यस्तै डा. रिता भण्डारी जोशीलाइ राष्ट्रिय क्षयरोग केन्द्र पठाइएको छ। समन्वय महाशाखा प्रमुखर्ले प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नपर्ने व्यवस्था छ ।
नारायण ढकाललाई प्रदेश नम्बर १ पठाइएको छ । चितवनमा कार्यरत डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडामा सरुवा गरेको छ। त्यहाँ कार्यरत डा. केशव पण्डितलाई स्वास्थ्य मन्त्रालय ल्याइएको छ।
केही उपसचिवहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ । कान्ति बाल अस्पतालमा कार्यरत उपसचिव भवनाथ खतिवडाको स्वास्थ्य सेवा बिभागमा सरुवा गरिएको छ । कान्तिमा सुर्य प्रसाद गौतमलाइ पठाइएको छ । विभागका उप सचिव प्रेम काजि महर्जन सामान्य मन्त्रालय सरुवा हुनुभएको छ।
हेल्थपाटी
तपाईँको अभिमत