अब अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट नचाहिने
अ +
अ -
अब अमेरिका प्रवेशका लागि कोरोना नेटेभिट भएको रिपोर्ट देखाइरहनु नपर्ने भएको छ । कोभिड–१९ नियन्त्रणविरुद्ध देशले गरेको उल्लेख प्रगतीका कारण उक्त नियम हटाइएको सिएनएनले जनाएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी)ले शुक्रबार गरेको घोषणा अनुसार आइतबारबाट यो नियम लागू हुनेछ । अमेरिकामा २०२१ जनवरीदेखि यो नियम लागू भएको थियो ।
त्यहाँका ट्राभल व्यवसायीहरुले मुलुक प्रवेश गर्नुपूर्व कोरोना नेगेभिट रिपोर्ट अनिवार्य देखाउनु पर्ने नियय हटाउन माग गरिरहेका थिए ।
सीएनएनमा प्रकाशित खबरका अनुसार सीडीसीले अहिले जारी भएको नियमलाई ९० दिनपछि पुनःमूल्यांकन गर्न सक्नेछ । महामारीको नयाँ लहरको संकेत देखा परेको खण्डमा तत्काल आवश्यक कमद चाल्न पाउने अधिकार प्रशासनले दिएको छ ।
तपाईँको अभिमत