२४ घण्टामा १४२ जनालाई कोरोना संक्रमण पुष्टि
अ +
अ -
पछिल्लो २४ घण्टामा ३५ सय ५० जनाको नमुना परीक्षण हुँदा १४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २३० जना संक्रमणमुक्त भएका छन् भने कोही संक्रमितको मृत्यु भएको छैन ।
हाल सक्रिय संक्रमित २५ सय २८ जना छन् । अहिलेसम्म नेपालमा ११ लाख ४८ हजार ७७५ जनालाई संक्रमण भएको छ जसमा ९ लाख ८३ हजार ३३३ जना निको भएका छन् भने १२ हजार ६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत