आज राति दुई प्रदेशमा भारी वर्षा हुनसक्ने, दिउँसो कहाँ के हुन्छ ?
अ +
अ -
आज राति दुई वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनका साथ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी भूभाग तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशका धेरै स्थान, मधेश प्रदेशलगायत वागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत