अग्ला पहाड, हिमाल धेरै भएकाले पनि नेपालमा कानको रोग बढी छ (भिडियो)
नेपालीमा कानका स्वास्थ्य समस्या धेरै हुनुमा पहाड–हिमाल धेरै हुनु पनि एउटा कारण रहेको विज्ञको भनाइ छ।
नेपालमा पहाड, हिमालतिर तलमाथि हिँड्दा कानमा हावाको प्रेसर फरक–फरक हुने र त्यसले असर गर्ने नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर प्रेमल कुमार जोशीले बताउनुभयो।
हेल्थपाटीसँग कुरा गर्दै डा.जोशीले हाइअल्टिच्युडमा हुने हावाको प्रेसरले कानलाई असर गर्ने जानकारी दिनुभएको हो।
हावाको प्रेसरले कानमा हुने असर कम गर्नकै भनेर विमान चढ्दा चक्लेट लिन प्रचलन रहेको डा.जोशीको भनाइ छ।
‘प्लेन चढ्दाखेरी तपाईलाई चक्लेट दिन्छ नि त्यो तपाईलाई विज्ञापन गर्नका लागि दिएको होइन’ डा.जोशीले भन्नुभयो, ‘चपाउँदा खेरी कानको प्रेसरलाई त्यसले सन्तुलनमा राख्न हो।’
कान सम्बन्धि धेरैजसो स्वास्थ्य समस्या आफूखुसी जथाभावी औषधि प्रयोग गरेका कारण निम्तिएको उहाँको तर्क छ।
आम व्यक्तिले आँखालाई सम्वेदनशील अंग ठानेर जे पायो त्यही औषधि नहाल्ने तर नाक कानको हकमा जथाभावी औषधि हाल्ने गरेको उहाँले सुनाउनुभयो।
नाक, कान घाँटी पनि आँखा जत्तिकै संवेदनशील अंग भएकाले जथाभावी औषधि प्रयोग नगर्ने उहाँको सुझाव छ।
डा.जोशीसँग नाक, कान, घाँटी रोग सम्बन्धि विषयमा हेल्थपाटीका लागि केदार गौतमले गर्नुभएको कुराकानी
भिडियो :
तपाईँको अभिमत