कोरोनाकाे दोस्रो लहरका कारण भारतमा ७३० जना डाक्टरको निधन
अ +
अ -
काठमाडौं । भारतमा दोस्रो लहरको कोरोना संक्रमणका क्रममा ७ सय ३० जना डाक्टरको मृत्यु भएको छ ।
इन्डियन मेडिकल एसोसिएशन आईएमएका अनुसार सबैभन्दा धेरै बिहारमा १ सय १५ जना डाक्टरको मृत्यु भएको छ । दिल्लीमा १ सय ९ जना डाक्टरको मृत्यु भएको छ ।
दोस्रो लहरमा उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ तथा आन्ध्र प्रदेशमा ३८ डाक्टरको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय ७० जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत