प्रधानमन्त्री देउवा र नेता खनालबीच भेट, स्वास्थ्य अवस्थाबारे जानकारी

तस्विर प्रधानमन्त्री देउवाको फेसवुक
अ +
अ -
प्रधानमन्त्री शेरबहादुर देउवाले मिर्गौला प्रत्यारोपण गरी दिल्लीबाट फर्किनुभएका नेकपा(एकीकृत समाजवादी)का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटेर स्वास्थ्य अवस्था बुझ्नु भएको छ ।
प्रधानमन्त्री देउवा खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुग्नु भएको थियो । प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्यमा निकै सुधार आएको जानकारी दिदैं उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गत असारको सुरुमै दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि जानुभएका नेता खनाल सोमबार स्वदेश फर्किनु भएको हो । उक्त अस्पतालमा मिर्गौला प्रत्यारोपण गरि खनाल नेपाल फर्किनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत