बढ्न थाल्यो संक्रमण, आज २८३८ जनालाई कोरोना पुष्टि
भीडभाड बढेसँगै नेपालमा फेरि कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २८३८ जनालाई संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा सह - प्रवक्ता डा.समिर अधिकारीले २८३८ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले सोही अवधिमा ३० जनाको मृत्यु भएको छ भने १४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा संक्रमणदर सरदर १९.२ प्रतिशत रहेको उहाँले बताउनुभयो । तर पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण पुष्टि भइरहेको उहाँको भनाइ छ । यो हप्ता थप ३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित देखिएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७१५ जनाको पीसीआर र ३ हजार ९०१ जनाको एन्टिजेन गरि जम्मा १२ हजार ६१६ जनाको कोरोना परीक्षण भएको थियो । आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । जसमध्ये ६ लाख ३६ हजार ४०२ निको भएका छन् भने ९ हजार ६३७ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत