चिकित्सा शिक्षा स्नातक तहको स:शुल्क तर्फ भर्ना हुन आग्रह, शुल्क कति ?
अ +
अ -
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहको स:शुल्क तर्फ भर्ना सूचीमा सिफारीस भएका उम्मेदवारहरुलाई भर्ना गर्न सुचित गरेको । चिकित्सा शिक्षा आयोगको सिफारीसमा परेका उम्मेदवारहरुलाई मंसिर १० गतेभित्र भर्ना हुन आइओएमले आग्रह गरेको छ ।
उपत्यकाभित्र एमबीबीएसको शुल्क ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैंया पर्नेछ । भर्ना अवधिमा एक तिहाई रकम बुझाउनुपर्नेछ ।
यसैगरी बीडिएसको शुल्क २० लाख १९ हजार ५८०, बीएससीएमएलटी/ बीएससी एमआइटी/ बी फर्म /बीपिएच /बी अप्टम/ बी पर्फयुसन टेक्नोलोजी र बीएएसएलपीको शुल्क ७ लाख ५० हजार तोकिएको छ । यस्तै बीएएमएसको ५ लाख र बीएससी नर्सिङको शुल्क १० लाख रुपैंया निर्धारण गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत