५० हजार नगदसहितको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ सात जनालाई
यस वर्षको ‘स्वास्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’ सात जनाले प्राप्त गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरणमा विविध क्षेत्रबाट योगदान गर्दै आएका ६ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुरस्कार प्रदान गर्दै आइरहेको थियो ।
तर यसपटक सात जनालाई पुरस्कार प्रदान गरिएको हो । जनही रु. ५० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
शनिबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा विशेष समारोह गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेहरूमा डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), रामप्रसाद न्यौपाने (नेपाली हेल्थ) बुद्धि कट्टेल (मेडिकल पत्र) र पुष्प राज चौलागाईँ (अनलाइन खबर) रहनुभएको छ । त्यस्तै रुद्रलाल कडरिया (क्यान्सर परिषद् नेपाल) र लक्ष्मीनारायण देव रहनुभएको छ ।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँहरूलाई पुरस्कृत गरिएको हो ।
पुरस्कारका लागि यस क्षेत्रमा कार्य गरिरहनुभएका २८ जनाले आवेदन दिनुभएको बताइएको छ ।
यसैगरी मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०२५ का अवसरमा आयोजना गरिएको सन्देशमूलक भिडियो प्रतियोगितामा चार भिडियो उत्पादकलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा कान्तिपुर डेन्टल कलेजको समूहले तयार पारेको ‘युथ अनगेन्स्ट टब्याको’ शीर्षकको भिडियो विजयी भएको थियो । त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवाको टोलीले तयार पारेको भिडियो दोस्रो तथा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले तयार पारेको ‘विश्व धूम्रपान दिवस’ शीर्षकको भिडियो तेस्रो भएको थियो ।
सान्त्वनाका रूपमा एनिमेसनमार्फत् बनाइएको भिडियो सन्देशलाई विशेष पहिचान दिइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत