खाना फेरि तताएर खाँदा ध्यान दिनुपर्ने सात कुराहरू
खानेकुरा पुनः तताउँदा नदेखिने स्वास्थ्य जोखिम हुन सक्छ । फ्रिजमा राखेको खाना पुनः तताएर खाँदा विभिन्न कुरामा ध्यान दिन जरुरी हुन्छ । यसले गर्दा स्वास्थ्य समस्या हुनबाट जोगिन सकिन्छ ।
यहाँ केही ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गरिएको छ :
पुनः तताउनुभन्दा अगाडि खानेकुरालाई फ्रिजमा राख्नुहोस्
खानालाई ५ डिग्री सेल्सिअस वा त्योभन्दा कम तापक्रममा राख्दा त्यसबाट हानिकारक रोगजन्य किटाणुहरूको वृद्धि सीमित हुने अनुसन्धानले देखाएको छ।
खाना फ्रिजमा राख्नुभन्दा अगाडि खानालाई चिसो हुन दिनुहोस्
तातो खानेकुरालाई सिधै रेफ्रिजिरेटरमा राख्दा त्यसले तपाईँको रेफ्रिजिरेटरको तापक्रम बढाउन सक्छ। त्यसले गर्दा अन्य खानेकुरामा ब्याक्टेरिया वृद्धि हुन सक्छ। तपाईँले खानेकुरा फ्रिजमा राख्नुभन्दा अगाडि कोठाको तापक्रम सरह हुन दिनुहोस् र त्यसपछि रेफ्रिजिरेटरमा राख्नुहोस्। तातो हावापानीमा जति कम समय तपाईँले खाना बाहिर राख्नुहुन्छ त्यति नै सुरक्षित हुन्छ।
चिसो खानापछि पग्लिन दिन फ्रिजरमा राख्नुहोस्
तपाईँले आफ्नो खाना त्यसमा उल्लेखित 'प्रयोग गर्ने मिति' सम्म फ्रिज गर्न सक्नुहुन्छ, त्यसमा पाउरोटीजस्ता खानेकुरा पनि पर्छन् जुन फ्रिजरमा राख्दा लामो समय टिक्छ।
जमेको खानेकुरालाई पुनः तताउनुअघि राम्ररी पग्लिन दिनुहोस्
खाना कुन खालको छ त्यो हेरेर फ्रिजमै २४ घण्टासम्म पग्लन दिन सकिन्छ। सिङ्गो कुखुराजस्ता कुराहरूलाई पग्लिन धेरै समय लाग्छ भने थोरै खानेकुरालाई थोरै समय भए पुग्छ। केही खानेकुरालाई माइक्रोवेभमा पनि पगाल्न सकिन्छ तर त्यसो गर्दा खानेकुराको प्याकेटमा लेखेको निर्देशन पालना गर्नु राम्रो हुन्छ। फ्रिजमा पगाल्दा खाना 'जोखिम क्षेत्र'बाट सुरक्षित रहन्छ।
बचेको भात २४ घण्टाभित्र तताएर खानुहोस्
भातमा ब्यासिलस सेरियस नामक ब्याक्टेरियाहरू हुन्छन् जुन खाना पकाउँदा पनि मर्दैनन्। चिस्याउँदा र रेफ्रिजिरेटरमा राख्दा खतरा तत्कालै घट्छ तर पुनः तताउने काम भने एक पटक मात्रै गर्नुपर्छ। पकाइएको भात रेफ्रिजिरेटरमा राख्दा ब्याक्टेरियाको वृद्धि त्यसले रोक्न सक्छ।
जोखिममा रहेका मानिसहरूका लागि खाना तताउँदा थप सावधान हुनुहोस्
कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू वा पहिला नै रोग भएका मानिसहरू, गर्भवती महिलाहरू, साना बालबालिकाहरू र वृद्धवृद्धाहरू खानाजन्य बिमारीको उच्च जोखिममा हुन्छन्।
पूरै तातेर बाफ नआउँदासम्म खानेकुरा तताइरहनुहोस्
माइक्रोवेभमा जमेको खानेकुरा पग्लिन दिँदै हुनुहुन्छ भने आधा तात्दासम्म चलाइरहनुहोस् ताकि सबैतिर समान रूपमा तात्न पाओस् ।
(बीबीसीबाट)
तपाईँको अभिमत