सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलवमा स्वास्थ्यकर्मीलाई काममा नलगाउनु : स्वास्थ्य मन्त्रालय
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलवमा काममा नलगाउन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई स्वास्थ्य आपतेकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन अस्पतालहरुलाई अनुरोध गरिएको छ ।
कोरोना महामारीको रोकथाम, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदानप्रति सबै अस्पताल, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुको प्रशंसा मन्त्रालयले गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत