कोरियामा कोरोना संक्रमण बढेपछि विद्यालयहरु बन्द

तस्विर : एपी
अ +
अ -
काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण बढ्न थालेपछि राजधानी सोलका सम्पूर्ण विद्यालयहरु बन्द गरिएका छन् । कोरोना महामारी सुरु भएयताकै खराब अवस्था आएपछि नियन्त्रणका लागि कोरियामा भौतिक दूरीको नियमलाई कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ ।
भौतिक दूरीलाई कायम गर्ने नियमअनुसार विद्यालयहरु बन्द गरिएकोे छ । सोमबार कोरियामा ७१८ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरियामा कोरोना संक्रमितको संख्या ४३ हजार ४८४ पुगेको छ ।
पछिल्लो सातादेखि कोरियामा संक्रमण बढिरहेको छ । १० जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ ।
दी गार्डियन
हेल्थपाटी
तपाईँको अभिमत