५६९९ जनाले कोरोना जिते, १६ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६९९ संक्रमितले कोरोना जितेका छन् । याे सँगै निको हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।
आज देशभर १ हजार ६६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६९ लाई कोरोना पोजेटिभ देखिएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । यस्तै १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३२१ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत