स्वास्थ्यमन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. शर्माको नेतृत्वमा हुँदै

फाइल तस्बिर ।
अ +
अ -
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपचार वीर अस्पतालमा भइरहेको छ । ज्वरो आएपछि शनिबार बिहान अस्पताल भर्ना हुनुभएका मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको नेतृत्वमा भइरहेको जनाइएको छ ।
सोमबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको उपचारबारे जानकारी गराएको हो ।
अस्पतालका अनुसार मन्त्री पौडेललाई ज्वरो आएकाले अस्पताल भर्ना गरिएको थियो । हाल उहाँको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ ।
मन्त्री पौडेल थाइल्याण्डको बैंकक पुगेर मन्त्रीस्तरीय एक बैठकमा भाग लिएर शुक्रबार बिहान स्वदेश फर्किनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत