अब ५० प्रतिशत क्षमतामा आन्तरिक उडान गर्न पाउने
अ +
अ -
काठमाडौं । गएको बैशाख २० गतेदेखि बन्द रहेको आन्तरिक उडान अब ५० प्रतिशत खुल्ने भएको छ । कोरोना महामारीका कारण बन्द भएको आन्तरिक उडान ५० प्रतिशत क्षमतामा खुला हुने भएको हो ।
मन्त्रिपरिषद्को बैठकले सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेको थियो । उडानको व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ ।
तपाईँको अभिमत