सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको हस्तक्षेप कायमै
सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष तथा परोक्ष हस्तक्षेप कायमै रहेको पाइएको छ। स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीजन्य पदार्थको कर वृद्धि हुन नसकेको दाबी गरिएको छ ।
विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्वन्धी अध्ययन प्रतिवेदन मंगलवार सार्वजनिक गर्दै सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले सुर्तीजन्य वस्तुको प्रवद्र्धन र उत्पादन बन्देजको नै आवश्यकता भइसकेको अवस्थामा कानुन बमोजिम सुर्तीमुक्त सार्वजनिक स्थल नै घोषणा गर्न नसकेको बताउनुभयो ।
सुर्ती उद्यमीले चलाखीपूर्ण तवरले ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने काम निरन्तर रुपमा भइरहेको उहाँको आरोप छ। उहाँले सुर्तिजन्य पदार्थको प्रयोगका कारण वर्षेनी २७ हजार १ सय जनाको मृत्यु भइरहँदा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणमा सन्तोषजनक काम हुन नसकेको बताउनुभयो ।
सार्वजनिक प्रतिवेदन अनुसार सुर्ती उद्योगले सुर्ती नियन्त्रण ऐन र जनस्वास्थ्य ऐनको बर्खिलाप हुने गरी सुर्ती उद्योगले विभिन्न विद्यालयलाई आर्थिक सहयोग, दिने, एम्बुलेन्स खरिदलगायतमा सहयोग गरेर सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम गरेको छ।
कोभिडको समयमा विभिन्न अस्पतालहरुमा अक्सिजन प्लान्ट बनाउन सरकारले सूर्य नेपालबाट सहयोग दिएको गैरकानुनी रहेको प्रतिवेदनमा उल्लेख छ। सूर्य नेपालर्ला वर्षेनी सर्वोत्कृष्ट करदाताको रुपमा राज्यबाट सम्मान गरेर राज्यले सुर्ती उद्योगलाई प्रवद्र्धन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
सूर्य चुरोटलाई प्रवद्र्धन गर्नका लागि सूर्य नेपालकै नाममा स्पोन्सर गर्ने गरेको, सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता गरेर कानुनको खिल्ली उडाएको प्रतिवेदनमा उल्लेख छ।
सूर्य नेपालले आफ्नो कम्पनी राम्रो हो भन्ने पार्नका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। बाराको सिमरामा मुख्य कारखाना रहेको प्रा।लिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले नगरप्रमुख किसान गुरुङलाई भन्सार छुटमा ल्याइएको १० लाख ५० हजार पर्ने महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
सूर्य नेपाल प्रालिले नेपाली सेना र गैर सरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट नेपाल’सँग साझेदारी गरेको पनि सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपको रुपमा लिइएको छ। रुपैयाँ सहयोग गरेको हो। सफा हिमाल अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्नपूर्ण र लोत्सेको सफाई गरिएको थियो।
सुर्तीको कुनै पनि प्रचार प्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था हुँदा हुँदै पनि सुर्ती उद्योगले विभिन्न नाममा प्रायोजनमा बजारीकरण गरिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप व्याप्त रहेपनि नेपाल विश्वभरीको प्रतिवेदनमा हस्तक्षेप नहुने मुलुकहरुको दोस्रो श्रेणीमा परेको छ।
सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अर्का अध्ययनकर्ता पूर्णभक्त दुवालले उद्योगीको प्रभावकै कारणले चुरोट सेवनको नियन्त्रण गर्न प्रहरी प्रशासन फितलो देखिएको पाइएको बताउनुभयो ।
उहाँले सुर्ती उद्योगले गैरकानुनी तवरले सामाजिक उत्तरदायित्वको नाममा काम गरी प्रचार गर्ने गरेको, विभिन्न चलचित्रहरुमा कलाकारलाई धुम्रपान गर्न लगाएको, सुर्ती उद्योगीसँग सरकारी निकायको कुनै पनि वैठकमा वस्न नहुने भएपनि सरकारी निकायहरुले बेवास्ता गर्दै वैठकहरुमा सरोकारवालाका नाममा बस्न दिइरहेको बताउनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. लोनिम प्रसाइँले नसर्ने रोगको एक प्रमुख कारक सुर्तिजन्य पदार्थ रहेको भन्दै सुर्तिजन्य पदार्थ नियन्त्रण राष्ट्रिय विकासको मुद्धा रहेको बताउनुभयो ।
गरिबले सुर्ती र मदिरामा गर्ने खर्च आम्दानीको ५० प्रतिशतभन्दा वढी रहेको पाइएको र उनीहरुले शिक्षा र स्वास्थ्यलाई भन्दा नसालाई प्राथमिकता दिने गरेका कारण यसलाई प्रतिवन्ध नै गर्नुपर्ने उहाँको भनाइ छ ।
वरिष्ठ जनस्वास्थ्यविद प्राडा शरदराज वन्तले सुर्ती स्वास्थ्यसँग मात्र सम्वन्धित नभइकन बहुआयामिक भएकाले यसले समग्र अर्थतन्त्रमा असर पार्ने बताउनुभयो। जनताको स्वास्थ्य र समग्र जीवन नै खराब पार्ने तत्वलाई राज्यको कर उठ्ने तत्वको रुपमा नलिइकन उद्योग प्रतिवन्ध तर्फ जानुपर्ने तर्क उहाँको छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहले सुर्तीमा मात्रै नेपाली जनताले वर्षेनी १ खर्ब २१ अर्ब रुपैयाँ खर्च गर्ने गरेको जानकारी दिनुभयो। ९० लाख जनताले सुर्ती सेवन गर्ने गरेको र सुर्ती सेवनकै कारण थप करोडौं रुपैयाँ स्वास्थ्य उपचारमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल बागमती प्रदेशका संयोजक रत्नश्वरी चवालले सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र घोषित स्थानहरुमा पनि सुर्ती उद्योगले विभिन्न नाममा प्रायोजनमा बजारीकरण गरिरहेको बताउनुभयो ।
मधेश प्रदेशका संयोजक पार्थो सरकारले भारतबाट हुने र नेपालबाट हुने गैरकानुनी सुर्ती व्यापारले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भइरहेको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेश संयोजक पूर्णलाल चुकेले करको नाममा सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम भइरहेको र विद्युतीय चुरोटहरुले पनि उत्तिकै स्वास्थ्य विगार्ने तथ्य प्रस्तुत गर्नुभयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले जनताको स्वास्थ्य अधिकारका लागि नागरिक समाजले निरन्तर दबाब दिइ रहेको तर सरकारले नसुनेको जस्ते गरिरहेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत