नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा.गेहनाथ बराल
काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा प्रा.डा. गेहनाथ बराललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.बराललाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले एनएचआरसीको उपाध्यक्षमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.गौरब ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
परिषद्को रिक्त सदस्यहरुमा वीर अस्पतालका डेन्टल सर्जन प्रा.डा. बन्दना खनाल, बुटवलका रेडियोलोजिष्ट अवधेश तिवारी, डा. सन्तोष शाक्य इन्डोक्राइनोलोजिष्ट, आयुर्वेद अस्पताल कीर्तिपुरका डा. रामआधार यादव नियुक्त हुनुभएको छ ।
परिषद्का अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा, उपाध्यक्ष डा. भोजराज अधिकारी सहित अन्य सदस्यहरुको गत फागुन १७ गते चार बर्षे कार्यकाल सकिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत