अभियानको दोस्रो दिन २८ हजार बढीले कोरोना खोप लगाए
अ +
अ -
काठमाडौं । कोरोना विरुद्धको खोप अभियानको दोस्रो दिन आज २८ हजार बढी व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज साँझ ५ बजे सम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाए ।
उहाँका अनुसार प्रदेश नं. १ मा ३ हजार ८४७, प्रदेश नं. २ मा २ हजार १७४, बागमती प्रदेशमा ११ हजार ४६१ गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनीमा २ हजार ३०३, कर्णालीमा १ हजार ६७७ र सुदूरपश्चिममा २ हजार ४१७ ले खोप प्राप्त गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत