कोरोनाकाे उपचारमा 'टोसिलिजुमाव' : प्रति भाइल ६० हजार, किन्न यी कागजात चाहिने
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको उपचारमा अत्याधिक माग रहेको टोसिलिजुमाव इन्जेक्सन नेपाल भित्रिएको छ ।
कोभिड अस्पतालमा तोकिएको मापदण्ड अनुसार प्रयोग गर्नगराउन औषधि व्यवस्था विभागको आयात सिफारिस अनुसार यतिकेम डिस्ट्रब्युटर्स प्रालिले ४०० एमजी /२० एमएल, ५०० भाइलको औषधि नेपाल ल्याएको हो ।
यो औषधि जो कोहीले किन्न पाउने छैनन् । चिकित्सकले बिरामी भर्ना भएको अस्पतालको नाम, बिरामीको नाम, सिफारीस गरेको औषधिको परिमाण र औषधि बुझिलिने बिरामीको आफन्तको नाम संकेत खुलाई चिकित्सकको नाम र एनएमसी नम्वर आयातकर्तालाई पठाइएपछि मात्रै यो औषधि पाइने विभागले जानकारी दिएको छ ।
चिकित्सकले यो औषधि कुनै पनि बिरामीका लागि एक पटकमा एक भाइलमात्र गरि २ पटकलाई गरि २ भाइलसम्म सिफारिस गर्न पाउने छन् ।
पछिल्लो समय नेपालमा यो औषधिको अत्याधिक माग थियो तर नेपालमा दर्ता नभएकाले बिरामीले यो औषधि पाइरहेका थिएनन् । नेपालमा नभएपनि चिकित्सकहरुले प्रिस्क्राइव गरिदिने तर यहाँ नपाउने हुँदा सर्वसाधरणहरुले दुख पाइरहेका थिए । यो औषधिको मुल्य प्रतिभाइल ५९ हजार ८५० पर्ने छ ।
चिकित्सकका अनुसार गम्भीर निमोनियाको समयमा भाईरस बिरुद्द लड्न हाम्रो शरीरले बनाउने एक प्रकारको Inflamatory प्रोटिन (Interleukin-6) IL-6 रिसेप्टर बिरुद्दको एन्टिबडि हो । यसले IL-6 को मात्रा बढेसँगै यसले मानिसको मुख्य अंगहरुमा पुगिरहेकाे हानिबाट बचाउन टोसिलिजुमावले सहयोग पुर्याउँछ ।
हेल्थपाटी
तपाईँको अभिमत