भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार संक्रमित
अ +
अ -
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
३४ सय २२ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या दुई लाख १८ हजार ९४५ पुगेको छ । संक्रमितमध्ये एक करोड ५२ लाखभन्दा बढी निको भइसकेका छन् । हाल ३४ लाख सक्रिय संक्रमित रहेका छन् ।
अमेरिकामा तीन करोड ३१ लाख ७९ हजार २८५ संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा करिब ३० हजार संक्रमित थपिएका छन् भने ३०६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा एक करोड ४७ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सयभन्दा बढीको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत