नीति तथा कार्यक्रम : औषधिजन्य उत्पादनलाई थप प्रोत्साहन गरिने

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधिजन्य उत्पादनलाई थप प्रोत्साहन दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९ /२०८०का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरि औषधि आपूर्तिमा सुधार गर्न औषधिजन्य उत्पादनलाई बढावा दिइने जानकारी दिनुभयाे ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमानीति तथा कार्यक्तम अनुसारआधारभूत र जीवनरक्षक औषधि र अक्सिजन, तथा औषधि जन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिनेछ ।साथै, नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता बद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिनेछ ।
राष्ट्रपति भण्डारीले सदनको सम्बोधन गर्दै कोरोना महामारी रोकथाम नियन्त्रणका लागि चालेका कदमको परिणामस्वरुप अहिले अवस्था सामान्य हुँदै गएको बताउनुभएको छ ।
उहाँले संक्रमण नियन्त्रण र व्यवस्थापनमा खटिएका चिकित्सक,नर्स।स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई धन्यवाद दिनुभयो ।
तपाईँको अभिमत