पिसाब परीक्षणबाट कस्ता-कस्ता रोग पत्ता लाग्छन् ? (भिडियो)
कुनै समस्या लिएर हामी अस्पताल गएपछि चिकित्सकले विभिन्न परीक्षण गर्न सिफारिस गर्न गर्छन् । हामीलाई देखिएको स्वास्थ्य समस्याअनुसार रगतदेखि दिसा, पिसाब वा अन्य नमूनाहरु ल्याबमा परीक्षण गर्न दिइन्छ।
यसरी परीक्षण गरेर रिपोर्ट हेरेपछि शंका गरिएको समस्या छ/छैन पत्ता लगाइन्छ । उपचारमा गएपछि धेरै परीक्षण गरिनेमा पिसाब पनि पर्छ । पिसाब परीक्षणबाट कस्ता–कस्ता रोग पत्ता लगाउन सकिन्छ त ?
यसबारे हामीले मेडिकल ल्याब टेक्नोलोजिस्ट खुमराज शर्मासँग कुराकानी गरेका छौँ।
के का लागि पिसाब परीक्षण गर्ने के परीक्षण गर्न कति समय लाग्छ जस्ता विषयमा शर्माले दिनुभएको जानकारी तल प्रस्तुत छ।
कस्ता रोग पत्ता लागउन पिसाब परीक्षण गर्ने ?
पिसाबको जाँच गरेर प्रयोगशालाबाट धेरैजसो पत्ता लगाउने भनेको मिर्गाैला सम्बन्धि रोग हो।
पिसाबबाट मधुमेह पत्ता लगाइन्छ । मिर्गाैलाको पत्थरी, मिर्गाैलाबाट पिसाब थैलीमा जाने नली, पिसाब थैली, पिसाब बाहिर निस्कने नली हुने आदिमा हुने पत्थरी संक्रमण वा स्वास्थ्य समस्याहरु पिसाब परीक्षण गरेर पत्ता लाग्छ ।
ती भागहरुमा हुने क्यान्सर पत्ता लगाउन पनि पिसाब परीक्षण गरिन्छ।
अर्काे भनेको कलेजोको समस्या पनि पिसाबमा देखिन सक्छ । बाइल डक भन्ने भाग हुन्छ कलेजोमा, त्यसमा भएको संक्रमण पनि पिसाबको जाँच गरेर पत्ता लगाउन सकिन्छ।
हामी धेरै जथाभावी औषधि प्रयोग गर्छौँ । त्यो औषधिले हाम्रो शरीरलाई असर पु¥याइरहेको हुन्छ । औषधिको मात्रा शरीरले लिन्छ नसकेको चाहिँ पिसाबबाट बाहिर निकाल्नुपर्छ । औषधिले शरीरमा कत्तिको असर गरेको छ भन्ने कुरा पनि पिसाब परीक्षणबाट पत्ता लगाउन सकिन्छ ।
कतिपय यौनजन्य रोगहरु पनि पिसाबको माध्यमबाट पत्ता लगाउन सकिन्छ ।
कुन अवस्थामा पिसाब परीक्षण गर्नुपर्छ ?
रोगको प्रकार अनुसार नमुना लिन सक्छौँ । मधुमेहको रोगको शंका लाग्यो भने । दैनिक रुपमा पिसाब ६०० मिलिदेखि २ हजार बाहिर निस्कन्छ । यो भन्दा बढी भयो भने कुनै समस्या हुनसक्छ।
हामीले भन्छौँ वयस्क व्यक्तिमा पुरुषले दिनमा मिलि ३.७ लिटर र महिला २.७ लिटर पिउनुपर्छ । हामीले पानी पिएको अनुपातमा पिसाब फेर्नुपर्छ । प्रक्रिया तलमाथि भएको खण्डमा वा भनौँ राति २ यो भन्दा बढी पटक पिसाब लागेमा केही भयो कि भनेर जाँच गराउनुपर्छ।
बाहिर पिसाब फेर्दा चिनीको मात्रा बढी हुने भएकाले सेता दाग बस्छ । त्यसमा कमिला लाग्ने हुन्छ । मधुमेह भयो कि भनेर पिसाब जाँच गराउनुपर्छ । मिर्गाैलाको असरको कुरा गर्दा विभिन्न भागमा छुट्टा–छुट्टै रोग लाग्छ । पत्थरी, पिसाब बाहिर निस्कने पाइपमा ढुसी र जीवाणुको कारणले संक्रमण हुन्छ । यसमा पनि पिसाबको समस्या हुन्छ । यस्तो हुँदा पनि परीक्षण गुर्नपर्छ ।
कल्चर गर्ने भन्ने हुन्छ नि । पिसाबको कल्चर कुनैपनि भाइरस वा ढुसी छ/छैन भनेर हेर्नका लागि गरिन्छ । यसमा भाइरसलाई उपयुक्त खानेकुरा हुनेगरी र उपयुक्त तापक्रममा नमुना राखिन्छ निश्चित समयसम्म । यसा हुँदा ढुसी रहेछ भने देखिन्छ। त्यसबाट केही कुरा पत्ता लगाउन सकिन्छ।
पिसाबको नमुना संकलन गर्दा के कुरामा ध्यान दिने ?
हामीले माग गरेअनुसारको नमुना संकलन गरिएको छ कि छैन त्यो कुराले परीक्षणमा फरक पार्छ । पिसाब संकलन गरिने भाँडा शुद्ध छकि छैन भन्ने हेर्नुपर्छ । जीवाणु वा ढुसीरहित हुन जरुरी छ । सही तरिकाले नमुना परीक्षण गर्न सक्यो भने मात्रै सही रिपोर्ट आउँछ।
नमुनाका लागि बिहानको पहिलो पिसाब हुनपर्छ । मुत्रथैलीलाई खाली गराउने, भरी भएको अवस्थामा अलिकति फ्याँकेर बीचको पिसाब संकलन गर्ने गर्नुपर्छ।
महिलाको हकमा पिसाबको नमुना संकलन गर्नुअगाडि प्रजनन अंगलाई सफा गर्नुपर्छ । नत्र बाहिर भागमा भएका जीवाणु र ढुसीहरु पिसाबमा मिसिन सक्छ । प्रजनन अंगलाई पानीले सफा गरेर अघिकोमा फ्याक्ने र बीचको भागको अलि खुल्ला बिर्काे भएको भाँडामा नमुना संकलन गर्नुपर्छ।
मुत्रथैलीको क्यान्सर पत्ता लगाउनका लागि साथै मिर्गाैलाको दीर्घरोग पत्ता लगाउन चाहिँ २४ घण्टाको पिसाब संकलन गर्नुपर्ने हुन्छ।
पिसाब परीक्षण गर्दा कति समयमा रिपोर्ट आउँछ ?
सामान्य परीक्षणमा पिसाब दिएको २ घण्टामा रिपोर्ट आउँछ । यतिले पिसाबमा संक्रमण छकि छैन, मिर्गाैलामा असर छकि छैन भनेर पत्ता लगाउन सकिन्छ।
अन्य विशेष प्रकारका समस्या पत्ता लगाउन क्यान्सर, मिर्गाैलाका दीर्घरोग छकि छैन भनेर परीक्षण गर्न कम्तिमा २४ घण्टा वा ४८ घण्टा लाग्छ । पिसाबमा जीवाणु अर्थात ढुसी छकि छैन भनेर पत्ता लगाउन ७२ देखि ९६ घण्टा लाग्छ।
मुत्रथैलीको क्यान्सर पत्ता लगाउनु प¥यो भने र पिसाबमा भएको क्यान्सरयुक्त कोष हेरर साइटोलोजी जाँच गर्न ७२ घण्टा जति लाग्छ।
सामान्य व्यक्तिले कुनै रोग लागेको कुरा पिसाबबाट कसरी थाहा पाउन सक्छ ?
पिसाबको रंग परिवर्तन भइरहेको हुन्छ । कलेजोको समस्या हुँदा पित्तको कारण पँहेलो हुन्छ । छान्ने प्रक्रिया कम हुँदा पित्तको भाग पिसामा आउँदा पहेँलो हुन्छ । कलेजोको समस्या वा जण्डिस छ भने पिसाब पँहेलो आउने हुन्छ।
मिर्गाैलाको पत्थरी भएको अवस्थामा पिसाको रङ रातो हुनसक्छ त्यसमा रगत मिसिएर, पिसाब खरानी रङको पनि हुनसक्छ त्यो रङ हेरेर पिसाबको समस्या छकि भनेर अनुमान गर्न सकिन्छ । फिज आउँदा त्यो अवस्थामा पित्तको मात्रा कलेजोमा त्यो अवस्थामा कलेजोको समस्या छ भनेर बुझ्नुपर्छ । कहिले कहीँ पिसाबमा प्रोटिनमा धेरै भयो भने पिसाब फेर्दा फिँज आउने हुन्छ ।
कुन अवस्थामा बच्चाको पिसाब परीक्षण गरिन्छ ?
मुत्र मार्गको संक्रमण भनेर गरिन्छ । कहिले कहीँ हातगोडा सुन्निदाँ पिसाबको समस्याले पनि कारणले होकि भन्ने हुन्छ । पिसाबको नलीको संक्रमणबाट पनि हुन्छ ।
मिर्गाैलामा भएको नेफ्रोन(छान्ने जाली)मा संक्रमण भयो कि भनेर पनि परीक्षण गरिन्छ।
कहिले कहीँ पिसाब फेर्न मन लागिरहेको हुन्छ तर पिसाब गर्न खोज्दा धेरै दुखेर गाह्रो हुन्छ । यो अवस्थामा त्यसलाई सिस्टाइटिस भनिन्छ । पिसाब नै नचुहिने अवस्था भयो भने पाइलोनेफ्राइटिस हुन्छ । यस्तो अवस्थालाई पनि परीक्षण गर्न नसकिने हुन्छ।
बच्चाले यी कुरा भन्ने नसक्ने भएकाले पिसाबको जाँच गर्नुपर्छ।

हेल्थपाटी
तपाईँको अभिमत