मन्त्रिपरिषद् विस्तार, कुलमान घिसिङलाई ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी
अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितिमा शपथ गराइएको हो ।
आज मन्त्रीको शपथ लिनेहरूमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल रहेका छन् ।
रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै कुलमान घिसिङलाई ऊर्ज, भौतिक योजना र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकार भइसक्नुभएका ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलनपछि सरकार ढलेको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
६ महिनाभित्र चुनाव गर्ने गरी अन्तरिम सरकार निर्माण गरिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत