केयूको उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर भए हुने
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि विद्यावारिधि (पिएचडी) वा सो सरहको शैक्षिक योग्यता आवश्यक पर्ने व्यवस्था संशोधन गरिएको छ। उपकुलपति नियुक्तिका लागि कुलपतिसमक्ष नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार कार्यविधि संशोधन गर्दै शैक्षिक योग्यतामा यसअघि रहेको पिएचडी वा सो सरहको व्यवस्था हटाएको हो।
समितिले ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा संशोधन गर्दै उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह राखेको छ। ‘कार्यविधिको दफा ४ को खण्ड (क) मा रहेको ‘विद्यावारिधि’ भन्ने शब्दको सट्टा ‘स्नातकोत्तर’ भन्ने शब्द राखिएको छ,’ संशोधित कार्यविधिमा भनिएको छ।
न्यूनतम शैक्षिक योग्यता संशोधनसँगै समितिले उपकुलपतिका लागि आवेदन दिन समय पनि थप गरेको छ। समितिले आज शुक्रबारदेखि ७ दिनभित्र आवेदन दिन समय थप गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत