६२० जनालाई कोरोना संक्रमण, ३३ जना आइसियुमा
अ +
अ -
पछिल्लो २४ घण्टामा ६२० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ सय ४६ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा २९७ जन संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
आज संक्रमण पुष्टि भएकामध्ये २५२ जना काठमाडौंका रहेका छन् । अहिले ४५ सय ६७ जना सक्रिय संक्रमित छन् जसमध्ये ३३ जना आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
हेल्थपाटी
तपाईँको अभिमत