मुख स्वास्थ्य क्षेत्रमा बेथिति कहिलेसम्म ?
नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले मुख स्वास्थ्य क्षेत्रमा भइरहेको बेथितिप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको छ ।
एसोसिएसनले आज स्वास्थ्य सेवा विभागलाई मुख स्वास्थ्य क्षेत्रको सुधारका लागि ध्यान दिन र सुधारका लागि यसअघि आफूहरुले राखेका मागहरुको सम्बोधन गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । एसोसियसन विगत १४ वर्षदेसख मुख स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको छ ।
उपचारात्मक महाशाखाले तर्जुमा गरेका सम्पूर्ण बैठकहरुमा यस संस्थाले उपस्थिति जनाएको भएपनि डेन्टल सर्जन ९ शाखा प्रमुखबाट हरेक कार्यक्रममा एक बोली अर्को कार्य गरेको, बैठकमा भएको निर्णय विपरित राजनिति गरेको,मुख स्वास्थ्य क्षेत्रमा शुन्य कार्य भएको एसोसिएसनको आरोप छ ।
साथै, सरकारी छात्रवृत्तिमा अध्ययन गरी दुर्गम क्षेत्रमा २ वर्ष कार्य गर्नुपर्ने डाक्टरलाइ पहुचको आधारमा सुविधा सम्पन्न ठाउँमा राखेको, डेन्टल ल्याबको कार्यविधि अहिलेसम्म नबनाएको कोरोना महामारीमा मा ओरल युनिटले शुन्य कार्य गरेको, दन्त स्वस्थ्यका कार्यक्रम जनचेतना अभिवृद्धि गर्ने खालको नभइ पैसा र भत्तामुखी रहेको एसोसिएसनको भनाइ छ ।
वार्षिक कार्यक्रम बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको, एक समूहप्रति मात्र उत्तरदायी भइ समग्र मुख स्वास्थ्यलाई धारासायी बनाएको, कृतिम दन्त शिविरको नाममा भत्ता र आर्थीक लाभ लिन आफ्ना वरिपरिका ब्यक्ति छनौट गरेको आरोप पनि एसोसियशनको छ ।
मुख स्वास्थ्य क्षेत्र सुधारका लागि पहल नभए आन्दोलनमा उत्रने चेतावनी एसोसिएसनले दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत