प्रधानमन्त्री देउवा : सरकारको प्राथमिकता खोप खोप खोप
अ +
अ -
’काठमाडौं । प्रधानम्नत्री शेरबहादुर देउवाले अहिले सरकारको मुख्य प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताउनुभएको छ ।
प्रतिनिधी सभामा उठेका जिज्ञासाहरुको जवाफ दिने क्रममा उहाँले सरकारले पहिलो, दोस्रो, तेस्रो प्राथमिकता खोप रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘जनताको जीवन रहे सबथोक हुन्छ त्यसैले सरकारकाे पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप । खोप खोप खोप । ’
प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनुभयाे । अहिले पनि संसद बैठक चलिरहेकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत