प्रत्यारोपण केन्द्रमा एक हप्तामा कलेजो र मिर्गाैला गरि ५ वटा प्रत्यारोण
कलेजो प्रत्यारोपणमा नेपाल सक्षम बन्दै

फाइल तस्विर
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो ७ दिनमा कलेजो र मिर्गाैला गरि थप ५ वटा प्रत्यारोपण भएको छ ।
केन्द्रमा २ जनाको कलेजो र ३ जनाको मिर्गाैला प्रत्यारोपण भएको केन्द्रले जानकारी दिएको छ । केन्द्रमा कलेजो प्रत्यारोपण गराउनेको संख्या १६ र मिर्गौला प्रत्यारोपण गराउनेको संख्या १ हजार १७२ पुगेको छ ।
प्रत्यारोपण केन्द्रका निर्देशक एव. प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठले गत पुस ८ र ९ गते दुई जनाको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भक्तपुरका २२ बर्षीय छोरालाई आफ्नै ४७ बर्षका बाबुले कलेजो दान गर्नुभएको थियो । यस्तै सप्तरीका २५ वर्षीय भाइलाई उहाँकी ३५ बर्षीया दिदीले कलेजो दान गर्नुभएको थियो। डा श्रेष्ठले कलेजो दाता र ग्रहण कर्ता दुबैको स्वास्थ्य सामान्य रहेको बताउनुभयो ।
डा.श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि नेपाल सक्षम बन्दै गएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो ५ जनाको प्रत्यारोपणमा त हामीले एक जना मात्र भारतीय चिकित्सकको सहयोग लिएका छौँ । यसबाट पनि केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको प्रष्ट हुन्छ ।’
प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गर्ने अस्पताल हो । विसं २०७३ मङसिर २२ गते, दक्षिण कोरियाका चिकित्सकहरुको प्रविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात भएका कलेजो प्रत्यारोपण सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ ।
देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले शुरुको केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएको थियो । तर यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण भैसकेको र केही हप्तामै अरु थप ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा अनुरोध गर्दैै मृर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरु समय समयमा जाँच गरी केन्द्रको समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समते आग्रह गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत