सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने
अ +
अ -
सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ।
खुला ५, महिला १, दलित १, थारु तथा राना थारु १ र आर्थिक रुपले बिपन्न खसआर्यतर्फ १ जनालाई छात्रवृत्ति दिइने प्रदेश सरकारले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाका अनुसार चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०र ८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने छन्।
मंसिर २० गतेभित्र आवेदन दिन भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत