कान्ति बालअस्पतालको रेकर्ड : यी हुन् बालबालिकामा देखिएका प्रमुख १० स्वास्थ्य समस्या
नेपालमा बालबालिकामा निमोनियादेखि छारेरोगसहितका प्रमुख १० वटा स्वास्थ्य समस्याहरु देखिने गरेको पाइएको छ ।
कान्ति बालअस्पतालमा उपचारका लागि आउने बालबालिकाको तथ्यांकमा यस्तो पाइएको हो। बालबालिकामा निमोनिया, नवजात शिशुको संक्रमण, सेप्सिस, कोभिड १९, ब्रोन्कोलाइटिस, मिर्गाैला, हर्निया, आगोले पोल्नु, छारे र एपेन्डिसाइटिसको समस्या धेरै देखिने गरेको छ ।
आर्थिक वर्ष २०७७ / ७८ को अस्पतालको तथ्यांक अनुसार बालबालिकामा देखिने पहिलो समस्यामा निमोनिया रहेको छ । उपचारमा आउने बालबालिकामध्ये २२ प्रतिशतलाई निमोनिया देखिने गरेको अस्पतालले जानकारी दिएको छ।
यस्तै, नवजात शिशुको संक्रमण दोस्रो प्रमुख समस्यामा छ । यसको दर १९ प्रतिशत छ । यस्तै चालू आर्थिक वर्षमा १० प्रतिशत बालबालिकालाई कोरोना संक्रमण, ब्रोन्कोलाइटिस ८ प्रतिशत, मिर्गाैला सम्बन्धी समस्या ८ प्रतिशत, हर्निया, छारे र आगोले पोल्ने समस्या ६/६ प्रतिशत रहेको छ । यस वर्ष ५ प्रतिशत बालबालिकालाई एपेन्डिसाइटको समस्या देखिएको छ ।
कान्ति अस्पतालको बेड क्षमता ३६१ रहेपनि हाल ३०३ बेड सञ्चालनमा छन् भने ११२ जना डाक्टर, नर्स २०४ सहित ६५० जना कर्मचारीले उत्त, अस्पताबाट सेवा दिइरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत