कोरोना विरुद्धको खोप स्पुतनिक–भी ९४ प्रतिशत प्रभावकारी भएको दावी
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी ९४ प्रतिशत प्रभावकारी भएको दावी गरिएको छ । रुसमा बनेको खोपको प्रभावकारिताबारे अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको जनाइएको छ ।
बहराइनमा गरिएको अनुसन्धानका आधारमा यसको राम्रो प्रभाव देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डब्लूएचओको मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गर्दा उक्त नतिजा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् ।
दोस्रो खोप लगाएको १४ दिनपछि खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ । खोप लगाएका कसैको पनि अहिलेसम्म मृत्युको खवर नआएको र गम्भीर बिरामी पनि नभएको उनीहरूको दावी छ ।
बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत