वीर अस्पतालमा हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपीडी सेवा सञ्चालनमा
अ +
अ -
वीर अस्पतालमा हरेक सोमबार ग्यास्ट्रोलोजी सेवाको विशेष ओपीडी सेवा सञ्चालनमा आएको छ । वैशाख १ गतेदेखि सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।
ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्माका अनुसार हरेक साताको सोमबार दिउँसो १ देखि ३ बजेसम्म विशेष सेवा सञ्चालनमा आएको हो ।
आन्द्रा सुन्निने, अल्सरेटिव कोलाइटिस तथा क्रोन्स डिजिज जस्ता रोगहरूको उपचारलाई प्रभावकारी बनाउन विशेष बहिरङ्ग सेवा प्रदान गर्न थालिएको छ ।
विशेष सेवा ओपीडी भवनको दोस्रो तल्लामा सञ्चालन हुन थालेको प्रमुख डा. शर्माले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत