मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. चोपलाल भुसाल
अ +
अ -
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. चोपलाल भुसाल नियुक्त हुनुभएको छ ।
गत १३ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले प्राडा.भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्षको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ ।
भुसाल नाक कान घाँटी रोगका विशेषज्ञसमेत हुनुन्छ । प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो ।
यसअघि अध्यक्ष रहनुभएका प्राडा. भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिक देखि सकिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत