एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया संक्रमणबाट १२ लाखको मृत्यु
एन्टिबायोटिक औषधिका लागि प्रतिरोधी ब्याक्टेरिया संक्रमणबाट सन् २०१९ मा १२ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ । ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार संसारभर सो संख्यामा एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया संक्रमणबाट मृत्यु भएको हो ।
यो संख्या एड्स तथा मलेरियाबाट मृत्यु हुनेको संख्याभन्दा बढी रहेको जनाइएको छ । सोही वर्ष एड्सबाट ८ लाख ६० हजार र मलेरियाका कारण ६ लाख ४० हजारको ज्यान गएको थियो ।
प्रकाशित प्रतिवेदनअनुसार अध्ययन २०४ मुलुकमा गरिएको थियो । ती मुलुकमध्ये एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया संक्रमण गरिब मुलुकहरूमा बढी देखिएको छ । यद्यपि यस किसिमको प्रतिरोधी ब्याक्टेरिया सबैको स्वास्थ्यका लागि हानिकारक रहेको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार औषधिको प्रयोगमा गम्भीरता कम हुँदा उपचार हुन सक्ने संक्रमणको पनि प्रतिरोधी ब्याक्टेरियाका कारण हुन नसक्ने स्थिति पैदा भएको हो । प्ररतरोधी ब्याक्टेरियाले उपचारमा प्रतिरोध गरेको अध्ययनको निष्कर्ष रहेको छ ।
पछिल्लो समय एन्टिबायोटिक औषधिको प्रयोग अधिक हुने गरेको तथ्यांक रहेको छ । यो चिन्ताजनक विषय भएको विज्ञहरूले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत