कोरोना विरुद्धको खोप मोर्डना १२- १७ वर्षका बालबालिकालाई पनि
अ +
अ -
कोरोना विरुद्धको खोप मोर्डनालाई १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति प्रदान गरिएको छ । युरोपियन मेडिसिन्स् एजेन्सीले फाइजरपछि मोर्डनालाई बालबालिकाका लागि प्रयोगको अनुमति दिएको हो । यसअघि गत मे महिनामा फाइजरलाई बालबालिकालाई प्रयोग गर्न स्विकृति दिइएको थियो ।
अमेरिकामा निर्मित मोर्डना खोप २ मात्रा लगाउनुपर्छ । १२ देखि १७ वर्षउमेर समूहलाई मोर्डना खोप दिइएपछि खोपको दायरा अझै बढ्ने मेडिसिन्स् एजेन्सीले जनाएको छ । डेल्टा भेरियन्टका कारण उच्चदरमा बालबालिकासमेत संक्रमित भइरहेका बेला उनीहरुलाई खोपको अनुमति दिइनुले संक्रमण रोकथाममा सघाउ हुने विश्वास लिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत