मनमोहन मेमोरियलमा कार्यरत डाक्टरको सवारी दुर्घटनामा मृत्यु
अ +
अ -
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरट चिकित्सकको मृत्यु भएको छ । बिहीबार मध्यराती सवारी दुर्घटनामा डा. प्रतिक श्रीवास्तवको मृत्यु भएको हो ।
मेडिकल अफिसरका रूपमा कार्यरत उहाँका शुक्रबार मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१० विशाल चोक नजिक भित्री बाटोमा मोटरसाइकल दुर्घटना हुँदा डा. श्रीवास्तवको मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
डा. श्रीवास्तवमा चलाउनुभएको ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सिमेन्टको गमलामा ठोक्किएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत