न्याम्समा उपकुलपतिसहित पदाधिकारी नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा उपकुलपतिसहित पदाधिकारी नियुक्त गरिएको छ ।
बुधबार न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा प्राडा. भुपेन्द्र बस्नेतलाई नियुक्त गर्नुभएको थियो ।
कुलपतिको सिफारिसमा स्वास्थ्य मन्त्री समेत रहेका सहकुलपति मोहनबहादुर बस्नेतले रेक्टर, रजिष्ट्रार र डीनको नियुक्ती गर्नुभएको छ ।
रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगाना नियुक्त हुनु भएको छ ।
नवनियुक्त सबै पदाधिकारीले बिहीबार नै पदवहाली गरिसक्नु भएको छ ।
न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्राडा. भुपेन्द्र बस्नेत, न्याम्सका पूर्व डिन डा .पियुष दाहाल, वीरकै पूर्व निर्देशक प्राडा.बुलन्द थापा, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख प्राडा. सरोज शर्मा, प्राडा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिनु भएको थियो ।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गर्नुभएको थियो ।
उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो।
हेल्थपाटी 
तपाईँको अभिमत