पेय पदार्थ र मिठाई चिल्लो खानेकुराभन्दा बढी हानिकारक
नेपालीको महान चाड बडादशैं घरघरमा भित्रिसकेको छ । काम, अध्ययनका शिलशिलामा घर आफन्तबाट टाढा रहेका व्यक्तिहरू पनि दशैंको मौका छोपेर जमघट गर्ने गर्छन् । सबैजना सँगै बसेर मिठो मसिनो खाने चाहा हुन्छ ।
अझ भन्ने हो भने दशैंमा मदिरा, चिसो पेय पदार्थ, मासु, मिठाइको खपत धेरै हुने गर्छ । हामीले मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग पेय तथा गुलियो पदार्थले स्वास्थ्यलाई गर्ने हानीबारे कुरा गरेका छौं ।
उहाँकै शब्दमा
शरीरलाई फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भनिन्छ । वनस्पतिबाट प्राप्त हुने प्राकेतिक खानेकुरालाई स्वस्थ आहार मानिन्छ । जस्तै हरियो साष्सब्जी, फलफूल र रेसादार खानेकुराहरू । यस्ता खानेकुराहरूलाई जति प्राकृतिक रुपमा खान सकिन्छ, त्यतिनै लाभकारी हुन्छ । नुन, चिनी । चिल्लो हालेर पकाइएको खानेकरा स्वस्थकर मानिदैन ।
स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरू हुन्छन् । कम गुलियो, कम नुनिलो र कम चिल्लो, फलफुल र सागसब्जी प्रशस्त, रेशादार खानालाई स्वस्थकर आहार मानिन्छ । आज म गुलियो खानेकुरा र चिसो पेयपदार्थबारे केही जानकारी शेयर गर्दैछु ।
चिनी मिसाइएको जुनसुकै खानेकुरा चिल्लो पदार्थभन्दा बढी खतरनाक हुन्छ । कालान्तरमा मुटु र रक्तनलीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउँछ । जस्तै हृदयघात, स्ट्रोक, मधुमेहको समस्या गुलियो खानेकुरा खानेलाई धेरै देखिएको अध्ययनले देखाएको छ ।
जतिपनि गुलियो खानेकुराहरू हुन्छन् त्यसमा चिनी मिसाइएको हुन्छ । विशेषगरि चिसो पेय पदार्थ र मिठाईको कुरा गरौ । दही या अरु केही खानेकुरामा चिनी थपेर खानुपनि राम्रो मानिदैन । गुलिया खानेकुरा चिल्लो पदार्थभन्दा पनि बढी खतरनाक साबित भएको छ ।
पछिल्ला ५ ६ वर्षमा भएका अध्ययनहरूले के देखाएका छन् भने गुलियो खानेकुरा चिल्लो पदार्थभन्दा पनि बढी खतरनाक हुन्छन् ।
ठुला ठुला अध्ययनहरूका अनुसार चिनी मिसाइएको जुनसुकै खानेकुरा चिल्लो पदार्थभन्दा बढी खतरनाक हुन्छ र गुलिया खानेकुरा मन पराउनेलाई स्वास्थ्य समस्या पनि अधिक देखिन्छ । र यसले कालान्तरमा मुटु र रक्तनलीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउँछ । जस्तै हृदयघात, स्ट्रोक, मधुमेहको समस्या गुलियो खानेकुरा खानेलाई धेरै देखिएको अध्ययनले देखाएको छ । गुलियो खानामा क्यालोरी बढी हुन्छ । क्यालोरी बढी भएको खानाले मोटोपना हुने सम्भावना बढी हुन्छ ।
कहिलेकाँही रमाइलो गर्दा, सबैजना बसेर थोरै मात्रामा खान त सकियो तर त्यसअघि आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन जरुरी हुन्छ । आफ्नो मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोलको अवस्थ कस्तो छ? त्यसबारे जाँच गर्नुपर्छ । यदि सबै अवस्थ ठिक भए कहिँलेकाँही परिवार, आफन्त, साथीभाईसँग बसेर खाँदा खासै फरक पर्दैन । यदि स्वास्थ्यमा समस्या भएको तर आफुलाई थाहाँ नभएको अवस्थामा गुलियो, पेय पदार्थ, मदिरा, चिल्लो मसालेदार खाना खाँदा एकैपटक ठुलो स्वास्थ्य समस्या देखिने खतरा रहन्छ ।
त्यसैले के खाने, के नखाने भन्ने विषय स्वास्थ्य अवस्थामा भर पर्ने कुरा हो । मासुको कुरा गर्ने हो भने एकैदिन धेरै खानाले मुटुलाई असर गर्छ भन्ने होइन । तर रातो मासु सकेसम्म कम खानुपर्छ । मासु खाँदा बोसो वा छाला भएको मासु खानु हुँदैन । धेरै तेल हालेर पकाएको वा तारेको मासु पनि खानु हुँदैन ।
हामीले व्यवहारिक पक्षलाई पनि ध्यान दिन जरुरी पर्छ । स्वास्थ्य अवस्था ठिक भए कहिलेकाँही परिवार,आफन्तसँग बसेर थोरै थोरै मात्रामा खाएर रमाइलो गर्दा खासै फरक पर्दैन । कोलस्टोरोल बढी छ भने कम गर्नुपर्छ । सैद्धान्तिक कुराभन्दा व्यवहारीक कुरा गर्नुपर्छ । स्वास्थ्य अवस्थाबारे आफु ढुक्क हुन जरुरी हुन्छ ।
तपाईँको अभिमत