स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्बन्धि सम्मेलन काठमाडौंमा सुरु
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)को २४औं शिखर सम्मेलन सुरु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुभएको हो।
सम्मेलन १२ गतेसम्म चल्ने स्वास्थ्य अनुसन्धान परिषद्ले जानकारी दिएको छ । नेपालमा पहिलो पटक यो सम्मेलन आयोजना भएको हो।
सम्मेलनको नारा 'उत्तरदायी अनुसन्धान : अधिकतम लाभ' (Maximizing Benefits through Responsible Conduct of Research) भन्ने राखिएको छ।
परिषदका अनुसार सम्मेलनमा विश्वका विभिन्न २३ देशका विज्ञ तथा प्रतिनिधि सहभागी भएका छन् । अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायतका सहभागीहरुको प्रत्यक्ष तथा २०० भन्दा बढी भर्जुअल रुपमा सहभागी हुने जानकारी दिइएको छ ।
सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ ।
सम्मेलनमा स्वास्थ्य अनुसन्धान र स्वाथ्य क्षेत्रमा भएका नयाँ आविष्कार, यसले पारेका साकारात्मक र नकारात्मक प्रभावका विषयमा गहन छलफल हुनेछ ।
सम्मेलनले स्वास्थ्य अनुसन्धानको नियमन गर्न, असल आचारसंहिता र संस्कारको विकास गर्न, गुणस्तरी तथ्याङ्क संकलन र संप्रेषण गर्न, नीति तथा योजना कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास परिषद्को छ ।
हेल्थपाटी
तपाईँको अभिमत