समाचार प्रभाव : एयर अरेबियाले फिर्ता पठाएको जमानसहित ३ जनालाई पुरानै रिपोर्टले उडायो
काठमाडौं । आफूले सूचीकृत गरेको प्रयोगशालाको पीसीआर रिपोर्ट नभएको भन्दै एयर अरेबियाले फिर्ता पठाइदिएका स्याङ्जाका जमान गुरुङसहित ३ जनालाई पुरानै रिपोर्टबाट विदेश जान पाउनुभएको छ । वैदेशिक रोजगारीका लागि दुबई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका जमानसहित अरु ३ जनालाई एयरलाइन्सले रिपोर्टलाई मान्यता नदिई फिर्ता पठाइदिएको थियो ।
यस विषयमा हेल्थपाटीले पीडित तथा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता र टिकट उपलव्ध गराएको ट्राभल एजेन्सीसँग कुरा गरि समाचार प्रकाशित गरेको थियो । बिहिबार दिउँसो विमानस्थल पुग्नुभएका जमानसहित ३ जनालाई स्टार अस्पताल र ह्याम्स अस्पतालको पीसीआर रिपोर्टमात्रै मान्य हुने भनी एयरलाइन्सले बोर्डिङ पास दिएको थिएन ।
जमानले लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयर प्रयोगशालामा पीसीआर परीक्षण गराउनुभएको थियो । गंगबुको च्वाइस ट्राभल्स नारायणहिटी दरबारकाे उत्तरढोकामा रहेको लाइट ट्राभल एण्ड टुर्समार्फत ३८ हजार रुपैयामा एयर अरेबियाको टिकट काटिदिएको थियो । जमानले उड्नुअघि हेल्थपाटीलाई फोन गरि आफ्नो समस्या समाधान गर्न पहल गरिदिएकोमा खुशी हुँदै धन्यवाद व्यक्त गर्नुभयो ।
तपाईँको अभिमत