दक्षिणपूर्वी एसियाली क्षेत्रलाई टेड्रोसको सम्बोधन, संक्रमण तीव्र रहेकाे भनाइ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिणपूर्वी एसिया क्षेत्रमा कोभिड–१९ का ४ करोड केश देखिनुका साथै ६ लाख ४६ हजारको मृत्यु भएको जानकारी दिएको छ । यो आंकडा अझै कम हुन सक्ने उसको भनाई छ । नेपालले आयोजना गरेको दक्षिणपूर्वी एसिया राष्ट्रहरुको बैठकलाई सम्बोधन गर्दै डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोमले कोरोना महामारी अरु रोगभन्दा जटिल भएको बताउनुभएको छ ।
यद्यपि दक्षिण पूर्वी एसियामा गत महिनाको तुलनामा नयाँ संक्रमित र मृतकको संख्या कम भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । नेपालमा अझैपनि संक्रमण तीव्र वृद्धि भइरहेको उहाँले बताउनुभयो ।
दक्षिण पूर्वी एसियामा हालसम्म ८४ करोड ५० लाख खोप यो क्षेत्रमा पठाइसकिएको र यो विश्वभरी वितरण भएकामध्ये २६ प्रतिशत मात्रै रहेको टेड्रोसले बताउनुभयो । ‘यसको अर्को अर्थ विश्वभरीको १६ प्रतिशत मात्रै हो । यो क्षेत्रका मुलुकहरुमा कोभ्याक्सका मार्फत ४ करोड ९० लाख भन्दा बढी वितरण गरिसकिएको छ, ’ टेड्रोसले भन्नुभयो ।
सम्बोधनका क्रममा नेपालले बैठकको आयोजना गरेकोमा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेस श्रेष्ठलाई धन्यवाद दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत