वीर अस्पतालमा थपिए ६ आइसियु बेड, १०० आइसियु पुर्याउने

काठमाडौंं । कोभिड १९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा आज ६ वटा आइसियु बेड थपिएको छ । अस्पतालमा नयाँ व्यवस्थापन आएपछि अस्पतालको स्तरोन्नती गर्ने क्रममा आज ६ वटा आइसियु बेड थपिएको हो ।
यो सँगै अस्पतालमा १५ वटा आइसियु बेड पुगेको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्राडा. गौतम भन्नुहुन्छ, ‘अस्पतालमा छिट्टै १०० वटा आइसियु बेड पुर्याउने कार्य भइरहेको छ । वीर अस्पतालमा आम मानिसलाई महशुस हुनेगरी स्तरोन्नती गरिने र त्यसको सुरुवात भइसकेको छ ।
वीर अस्पतालमा बिरामीको अत्याधिक चाप रहने हुँदा माग अनुसार आइसियु बेड थपेर अस्पतालकाे स्तराेन्ति गर्ने याेजनाएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालमा अहिले अस्पतालमा १८० जना भन्दाबढी सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ।’
सरकारले वीर अस्पतालको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो । अहिले अस्पतालमा तरल अक्सिजन र सिलिन्डर अक्सिजनको व्यवस्था गरिएको छ । डा. गौतमले अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने बताउनुभयो । एक दुई दिनभित्र ती अक्सिजन जडान गर्ने र प्लान्ट लिक्वीड अक्सिजन एकमहिना भित्र सञ्चालन गरेर सबै शय्यामा बिरामी राखिने जानकारी दिनुभयो ।
कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
तपाईँको अभिमत