क्यान्सरजस्ता घातक रोगबाट बच्न कस्ता खानेकुरा खाने ?
पछिल्लो समय क्यान्सरलगायत नसर्ने रोग बढिरहेको छ । सरकारले यसका लागि ‘स्क्रिनिङ टेस्ट’ अभियान पनि सञ्चालन गरिसकेको छ । यद्यपि खानेकुरामा ध्यान दिने हो भने यस्ता नसर्ने रोगबाट धेरै हदसम्म बच्न सकिने विज्ञहरू बताउनुहुन्छ ।
आयुर्वेद चिकित्सक तथा जनस्वास्थ्यविद् डा. प्रकाश ज्ञवाली आफ्नो भान्छाघरलाई नै औषधालयको रूपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार स्वस्थ्कर खानेकुरा खाँदा क्यान्सर जस्ता घातक नसर्ने रोगको जोखिम कम गर्न सकिन्छ ।
कस्ता खानेकुरा खाने ?
डा. ज्ञवालीका अनुसार भान्सामा तारेका खानेकुरा वर्जित गर्नुपर्छ । सेकुवा, तारेको माछा, फिङ्गर चिप्स जस्ता खानेकुरा खान हुँदैन ।
गेडागुडी उमारेर खानु स्वास्थ्यलाई राम्रो हुने डा. ज्ञवाली बताउनुहुन्छ ।
‘पछिल्लो समय बाहिरबाट सागसब्जी विष हालेरै आएका हुन्छन् । तिनलाई राम्रोसँग पखालेर खाअऔँ’, उहाँ भन्नुहुन्छ, ‘अलिकति नुन वा सोडा हालेर एकछिन राखेर घोलेर राम्रोसँग पखालेर मात्र पकाएर खाऔँ । नत्र विषादीको अर्को डरलाग्दो असर पर्न सक्छ । जुन अहिले देखिइरहेका छौँ ।’
डा. ज्ञवालीले ‘भाते बानी’ पनि हटाउनुपर्ने बताउनुहुन्छ । धेरै भात खाने बानी भए त्यसलाई कम गर्नुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार तरकारी बढी खान राम्रो हुन्छ । त्यसपछि दाल र त्योभन्दा पनि कम भात खानुपर्छ । तर कार्बोहाइड्रेटयुक्त खानेकुरा नै बन्देज गर्नुपर्छ भन्ने नहुने उहाँको भनाइ छ ।
घिउ खान मिल्छ
कतिपयमा घिउ खान नहुने भ्रम रहेको डा. ज्ञवली बताउनुहुन्छ । अध्ययनले घिउ खानै नहुने भन्ने देखाएको छैन । अध्ययनका अनुसार विशेषगरी दारको काठमाडौ ठेकीमा दही मथेर बनाइएको घिउ स्वास्थ्यका लागि अझ राम्रो हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत