४ जिल्लामा देखिए हैजाका बिरामी, २७ जनामा पुष्टि
अहिलेसम्म देशभर हैजा संक्रमण पुष्टि हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले आइतबार साँझ दिएको जानकारी अनुसार ४ जिल्लामा हैजाका बिरामी देखिएका छन् ।
ललितपुरमा सबैभन्दा धेरै १६ जनामा हैजा पुष्टि भएको छ । कैलालीमा ८, प्युठानमा २ र काठमाडौंमा १ जनामा हैजा पुष्टि भएको छ ।
शनिबारदेखि आइतबारसम्म २४ घण्टामा प्यूठाका २ जनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ । यो समयमा ३ जना बिरामी अस्पताल भर्ना भएका छन् ।
पहिलो पटक ललितपुरको गोदावरी नगरपालिका ठैबमा रहेको एक सुधारगृहका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो । इडीसीडीका अनुसार उक्त सुधारगृहका थप १० जनामा देखिएको छ । त्यसबाहेक उक्त सुधारगृहको सम्पर्कबाहिर ललितपुरमा ५ जनामा हैजाको केस देखिएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर थप निगरानी गरिरहेको पनि इडीसीडीले जनाएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत