न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त
अ +
अ -
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।
यसअघि डा. बस्नेत वीर अस्पतालको निर्देशक हुनुन्थ्यो । डा. बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट डाक्टर हुनुन्छ ।
न्याम्समा उपकुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा आवासिय चिकित्सक लगायतका कर्मचारीले गत फागुनदेखि निर्वाह भत्ता पाउन सकेका छैनन् ।
न्याम्समा फागुन ३० गतेपछि उपकुलपति लगायतका पदाधिकारी रिक्त छ।
हेल्थपाटी 
तपाईँको अभिमत