कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको छ ।
आज देशभर २७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४१३ जनाको पीसीआर परीक्षण भएकोमा २७० जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ४०३ जनाले कोरोना जिते ।आज सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत