बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने
अ +
अ -
सरकारले अघिल्ला वर्ष जस्तै आगामी बैशाख ६ र ७ गते भिटामिन एक कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त दिन देशभर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिने ए खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसैदिन एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भिटामिन ए कार्यक्रम सम्पन्न गर्नका लागि प्रदेश तथा स्थानीय तहमा पत्राचार तथा समन्वय गरिदिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत