ओमीक्रोन भेरियन्ट डेल्टा भन्दा खतरनाक छैन : अमेरिकी वैज्ञानिक

डाक्टर एन्थोनी फौसी ।
नोभेम्बरको तेस्रो साता दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टबारे अहिले विभिन्न टिका, टीप्पणी भइरहेका छन् । यसबारे विज्ञहरुका फरक–फरक भनाइहरु पनि आएका छन् । विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ ।
यो ओमीक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा खतरनाक नरहेको एक उच्च तहका अमेरिकी वैज्ञानिकले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार रहेका डाक्टर एन्थोनी फौसीले प्रारम्भिक अवस्था हेर्दा अन्य भेरियन्ट भन्दा ओमीक्रोन धेरै खतरनाक नरहेको दावी गरेका हुन् ।
समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै डा.फौसीले सुरुवाती अध्ययन गर्दा ओमीक्रोन भेरियन्ट संक्रमण भएका व्यक्तिको स्वास्थ्य सामान्य रहेको पाइएको बताएका हुन् ।
‘यो नयाँ भेरियन्टको खतराबारे पूर्ण जानकारी लिन केही हप्ता लाग्नेछ तर प्रारम्भिक अध्ययनमा त्यति डेल्टा भन्दा खतरनाक भन्ने देखिँदैन’ डा.फौसीले भनेका छन्।
अन्य भेरियन्ट भन्दा धैरै संक्रामक भएकाले यो चाँही अहिलेको मुख्य चिन्ता रहेको उनको भनाइ छ । विश्वभरिको अहिलेको अवस्था हेर्दा यो भेरियन्ट बढी संक्रामक र यसमा पुनः संक्रमण गराउन सक्ने क्षमता भने बढी रहेको उनले स्वीकार गरेका छन् ।
खोपबाट बनेको एन्टिबडीले यो भेरियन्टविरुद्ध काम गर्छ कि गर्दैन भनेर ल्याब परीक्षण भइरहेको र केही दिनमा त्यसको नतिजा आउने उनले जानकारी दिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत